पाण्डबखानीमा तीन सातादेखि टेलिकम सेवा अवरुद्ध

प्रकाशित मिति:

गलकोट नगरपालिका वडा नं १०, पाण्डबखानी क्षेत्रमा नेपाल टेलिकम ९नमस्ते० को मोबाइल नेटवर्क विगत २१ दिनदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन्। लामो समयसम्म सञ्चार सम्पर्कविच्छेद हुँदा स्थानीयको दैनिक जनजीवन, शैक्षिक गतिविधि र आकस्मिक कामकारबाही प्रभावित बनेको छ।स्थानिय बासिन्दाका अनुसार उक्त टावरमा विद्युत् आपूर्ति अनियमित हुने समस्या पुरानै हो। नेपाल टेलिकमले उक्त टावरमा निरन्तर सेवा प्रवाहका लागि ुकेन्द्रीय प्रसारण लाइनु जडान गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छ। तर, केही स्थानीय समुदायले केन्द्रीय लाइन जडानमा अवरोध पुर्‍याउँदा टावरले पर्याप्त पावर पाउन सकेको छैन, जसका कारण पटक–पटक नेटवर्कको समस्या दोहोरिने गरेको छ। स्थानीय जनप्रतिनिधिहरूले यो गम्भीर समस्या समाधानका लागि समन्वयकारी भूमिका नखेलेको र चासो नदेखाएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्।

नेपाल टेलिकमको भरपर्दो सेवा नपाएपछि स्थानीयहरू अब वैकल्पिक सञ्चार माध्यमको खोजीमा लागेका छन्। यता ुएनसेलु ९ल्अभिि० टावर जडानका लागि कम्पनीसँग सम्पर्क गरिएको छ। एनसेलले यस विषयलाई सकारात्मक रूपमा लिँदै टावर राख्न सकिने सम्भावित स्थानको प्राविधिक अवलोकनका लागि केही समय लाग्ने जानकारी दिएको छ।“सञ्चारजस्तो अत्यावश्यक सेवामा भइरहेको यो लापरबाहीप्रति को जवाफदेही हुनेरु” भन्दै स्थानीय बासिन्दाहरूले नेपाल टेलिकम र वडा कार्यालयले यसको तत्काल समाधान खोज्नुपर्ने माग गरेका छन्। सम्बन्धित निकायले समयमै ध्यान नदिँदा पाण्डबखानीबासी सूचना र प्रविधिको युगमा पनि अन्धकारमा बस्न बाध्य छन्। स्थानीय सरकारले यस विषयलाई गम्भीरताका साथ लिई टेलिकम र अवरोध गर्ने पक्षबीच तत्काल संवाद गराउनुपर्ने स्थानीयको जोड छ।