न्युयोर्क, अमेरिका।आज सम्पन्न दक्षिण एसियाली एकता परेड (South Asian Unity Parade) भव्य, शान्तिपूर्ण, उल्लासमय तथा एकताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा सम्पन्न भएको छ।दक्षिण एसियाका विभिन्न समुदाय, जातजाति, धर्म, संस्कृति, परम्परा तथा विविधताबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिव्यक्त गर्दै विभिन्न देशका नागरिकहरू आ–आफ्ना राष्ट्रिय झण्डासहित परेडमा सहभागी भएका थिए। विविधताबीचको एकता नै दक्षिण एसियाको प्रमुख शक्ति भएको सन्देश कार्यक्रमले दिएको थियो।यस अवसरमा नेपालको प्रतिनिधित्व गर्दै गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले नेपाली समुदायको नेतृत्व गर्दै परेडमा गौरवपूर्ण सहभागिता जनाएको थियो। नेपाली राष्ट्रिय झण्डासहित सहभागी नेपाली समुदायले नेपालको राष्ट्रिय पहिचान, संस्कृति, एकता र गौरवलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गरेका थिए।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका परिवारका तर्फबाट कार्यवाहक अध्यक्ष सुबर्ण लामाले कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।कार्यवाहक अध्यक्ष सुबर्ण लामाले भन्नुभयो, “विविध जात, धर्म, संस्कृति, परम्परा र विचारका बाबजुद पनि हामी सबै एकताबद्ध भएर एउटै मञ्चमा उभिनु दक्षिण एसियाली एकताको सुन्दर उदाहरण हो। नेपाली समुदायको उत्साहपूर्ण सहभागिताले नेपालको गौरव र पहिचानलाई अझ मजबुत बनाएको छ।”कार्यक्रममा Shanta Thokar, Indra Tamang, Rabi Gautam, Rajendra Shrestha, Merina Parajuli, Surya Simkhada, Bhawana Simkhada, Suprina Simkhada, Sushma Bhandari, Dhrub Kunwar Chhetri, Raju Rauniyar, Prithivi Raj Adhikari लगायत नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका आगामी दिनमा पनि नेपाली लगायत बिभिन्न समुदायबीच एकता, सहकार्य, सामाजिक सद्भाव तथा नेपालको कला, संस्कृति र पहिचानको प्रवर्द्धनका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछ, कार्यवाहक अध्यक्ष लामाले भन्नु भयो।Girija Prasad Koirala Foundation America नेपाली र बिभिन्न समुदायहरु सँग सम्बन्धित सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय संस्था हो। Foundation ले नेपाली समुदायबीच एकता, सहकार्य र सद्भाव प्रवर्द्धन गर्दै नेपालको संस्कृति तथा पहिचानलाई अमेरिकी समाजमा प्रस्तुत गर्न विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको छ। GPK फाउन्डेसन अमेरिका सधैं सबै समुदायहरु सॅंग सहकार्य र एकताको सेतु निर्माण गर्न केन्द्रित रहँदै आएको छ।“विविधतामा एकताले शान्ति, समृद्धि, सम्भावना र प्रगतिलाई अघि बढाउँछ।”









