गायक हेमन्त शर्माको प्रेमिल गीत ‘मायामा के राम्रो’ सार्वजनिक {भिडियोसहित}

प्रकाशित मिति:

सबलपोष्ट । नेपाली गीत–संगीत क्षेत्रका अग्रज गायक हेमन्त शर्मा र पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ प्रेमिल गीत ‘मायामा के राम्रो’ बुधबार हेमन्त शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

मायामा परेका प्रेमी जोडीले एक–अर्काबीच गर्ने कुराकानीलाई गीतमा प्रस्तुत गरिएको छ। गीतमा गायक हेमन्त शर्माकै शब्द, संगीत तथा स्वर रहेको छ भने अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज कृष्ण बी.के.ले गरेका हुन् भने अडियो सम्पादन श्याम श्वेत रसाइलीले गरेका छन्। गीतमा चर्चित वाद्यवादक हेमन्त कान्छा रसाइलीले सारंगीको धुन भरेका छन्। त्यस्तै, बाँसुरीको धुन रत्न विकले दिएका छन्। सञ्जीव विकले गिटारमा साथ दिएका छन् भने अडियोको प्रि–मिक्सिङ कमल थापा मगरले गरेका हुन्।

म्युजिक भिडियोमा चर्चित निर्देशक तथा कलाकार सुनिल क्षेत्री र करिश्मा केसीले अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन सुनिल क्षेत्रीले गरेका हुन्। म्युजिक भिडियोको छायांकन पवन सुस्लिङले गरेका छन् भने सम्पादन तथा कलर अमृत चापागाईंको रहेको छ।

यसअघि गायक हेमन्त शर्मा र अस्मिता अधिकारीको स्वरमा रहेको ‘उता परेली झिमझिम भो’ गीतले पनि दर्शक–श्रोतामाझ राम्रो सफलता हासिल गरेको थियो। उक्त गीतलाई अहिलेसम्म २ करोड ६३ लाखभन्दा बढी पटक हेरिएको   छ।

नयाँ गीत ‘मायामा के राम्रो’ ले पनि दर्शक–श्रोताको माया पाउने अपेक्षा गरिएको छ। गीतको सफलताको शुभकामना सम्पूर्ण टिमलाई। भिडियो हेर्नुहोस