प्रतिनिधिसभा बैठक बस्दै, प्रश्न सोध्न नपाए कांग्रेसले संसद अबरूद्ध गर्ने

प्रकाशित मिति:

काठमाडौं – बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न नपाए नेपाली कांग्रेसले संसद अबरूद्ध गर्ने भएको छ । दिउसो १ बजे बोलाइएको बैठकमा आफुहरूले प्रश्न सोध्न पाउनुपर्ने कांग्रेस सांसद भीमसेनदास प्रधानले बताए । प्रश्न सोध्न नपाए आफुहरूले संसद बैठक अबरूद्ध गर्ने उनको भनाई छ । उनले भने ‘ कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उनले जवाफ दिने कार्यसूची तय गरेन भने बैठक अवरुद्ध गर्छौं ।’

कार्यव्यवस्थाको बैठक मध्यान्ह १२ बजेलाई बोलाइएको छ । आइतबार संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्न नपाएपछि कांग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरेका थिए ।