अमेरीका \ एउटा प्रेस बिज्ञप्ति मार्फत तामाङ समाज अमेरिकाले सात जना समुदायको प्रवुद्द व्यक्तित्वहरुलाई सल्लाहकारमा मनोनयन गरेको जानकारी गराएको छ । संस्थाको विधानको धारा ३४ अन्तर्गत सल्लाहकार समित गठन गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । मनोनित सल्लहाकारहरुमा भोजराज थोकर न्युयोर्क रेशम बल तामाङ क्यालिफोर्निया डा आशलाल तामाङ मिनिसोटा राजेन्द्र लामा क्यालिफोर्निया नरेन्द्र तामाङ क्यालिफोर्निया चुन्टीयु लामा कनेक्टिकट र कानूनी सल्लाहकार डिल्ली राज भट्ट न्युयोर्क छन् ।
न्युयोर्क निवासी भोजराज थोकर नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिवतथा स्थानीय समाजसेवी हुन् ।
क्यालिफोर्निया निवासी रेशम बल तामाङ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना क्यालिफोर्निया शाखाका निवर्तमान अध्यक्ष हुनुका साथै तामाङ को अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका पूर्व महासचिव पनि हुन्।क्यालीफोर्निया निवासी राजेन्द्र लामातामाङको अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका संस्थापक महासचिव र स्थानीय समाजसेवी हुन् ।अर्का क्यालिफोर्निया निवासी नरेन्द्र तामाङ स्थानीय समाज सेवी हुन् भने कनेक्टिकट निवासी चुन्टीयु लामा समाजसेवी र व्यबसायी हुन् ।त्यसै गरेर संस्थाको कानूनी सल्लाहकारका रुपमा भट्ट ल एण्ड एसोसियट्स का प्रमुख डिल्ली राज भट्ट छन् । डिल्ली राज भट्ट न्युयोर्कका वरिष्ठ कानूनविदका रुपमा चिरपरिचित छन् ।
तामाङ समाज अमेरिकाको विधान अनुसार सल्लाहकार समितिको अध्यक्षता संस्थाकै अध्यक्षले गर्ने प्रावधान छ भने महासचिव पदेन सदस्य सचिव रहनेछ ।












