भारत-भारत जम्मु कश्मीरको रजौरी जिल्लाको नौसेना सेक्टरमा भएको आतंकवादी आक्रमणमा एक गोर्खा सैनिकको मृत्यु भएको छ । दार्जिलिङ सिंग्रीतामका २३ वर्षीय जीवन गुरुङको मृत्यु भएको हो।
शुक्रबार राति ९ बजे आतंकवादीद्वारा थापिएको एम्बुसमा परेर राइफलम्यान गुरुङसँगै एक मेजर जनरलको पनि मृत्यु भएको जनाइएको छ । उनी हाल अरुणाचल प्रदेशको अमिनीमा कार्यरत थिए । उनको शव शनिबार दिल्ली लगिएकोमा आज आइतबार गृहनगर ल्याएर परिवारलाई बुझाइने जनाइएको छ ।












