नवलपरासीको विभिन्न स्थानमा हुने मेला महोत्सबको तयारी तिब्र

प्रकाशित मिति:

नवलपरासी/ नजिकीदै गरेको नेपाली थारु समुदायको महान पर्व माघे संक्राति खिचडीको उपलक्ष्यमा पश्चिम नवलपरासीको विभिन्न स्थानमा हुने मेला महोत्सको तिब्रता दिइएको छ । जिल्लाको चैपत्ता, मनरी, नदवा लागएतका क्षेत्रहरुमा खिचडीको अवसरमा मेला आयोजकले समितिले मेलाको तयारी तिब्र पारेको जानकारी गराएका छन । थारुहरुको विशेष महान पर्व माघे संक्राति खिचडीको अवसरमा पश्चिम नवलपरासीको विभिन्न ठाउमा मेलाको आयोजना गरिने भएको छ । पछिल्लो समय थारु समुदायमा माघ नजिकिँदै गर्दा माघीको रोैनक थपिदै गइरहेको छ । थारु समुदायले माघी पर्वलाई नयाँ बर्षको रूपमा मनाउँदै आएको पाईन्छ ।

त्यही माघी पर्वलाई पूर्व मान्यताका साथै निरन्तरता दिँदै माघी मिलन साँस्कृतिक महोत्सवलाई भव्य र सभ्य सफल बनाउन थारु समुदायमा लोप हुँदै गएका साँस्कृतिक पहिचान जोगाउने अभिप्रायले पश्चिम नवलपरासकिो सारवलको मनरी, बर्दघाटको चैपत्तता, रामग्रमाको नदवा लगाएत जिल्लाको विभिन्न स्थानमा मेला महोत्सवलाई तिब्रता दिइएको छ । थारु समुदायको कला, संस्कृति, खानपान तथा भेषभुषा लोप हुन् लागेको अवस्थामा हाम्रो समाजलाई जागृत गराउने उद्देश्यले प्रत्येक बर्ष थारुहरुको विशेष चार्ड माघे सक्रातिं खिचडीको अवसरमा मेला महोत्सवको आयोजना गरि आफ्नो सस्कृती, भेषभुषा, र पहिरनलाई जगेर्ना गर्दै आएको थारु अगुवाहरुले बताएका छन ।

यसैबीच,  नेपाली थारु समुदायको महान पर्व माघे संक्राति खिचडीको उपलक्ष्यमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १२ चौपत्तामा १३ औँ खिचडी मेला महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । ब्रह्मबाबा सामुदायिक विकास सस्था बर्दघाट १२ चौपत्ता र सम्झना महिला समुहको सयक्त आयोजनामा सुरु हुने उक्त मेला महोत्सवको समुद्घाटन सोमबार पुस ३० गते एक कार्यक्रमका बीच नेपाली कांग्रेसको सभापतिका बर्दघाट नगर सभपति शम्भुलाल श्रेष्ठले गर्नुहुने ब्रह्मबाबा सामुदायिक विकास सस्थाका अध्यक्ष आशाराम चौधरीले जानकारी दिनुभएको छ । सो महोत्सवमा लाठि नाच, झमटा नाच, खुल्ला भलिबल प्रतियोगिता, पुरुष स्लो मोटराइकल रेश, महिला रस्सा तान लगाएत थारुको विशेष परिकार पनि देखाइने अध्यक्ष चौधरीले जानाकरी दिनुभएको छ । साथै उहाँले महोत्सवमा आफुहरुले प्रत्येक बर्ष नयाँ नयाँ आकर्षणका केन्द्रविन्दुहरु थपिदै गएको र यस बर्ष महोत्सवमा गत बर्ष भन्दा दर्शकहरुको उपस्थिती बढी रहने अनुमान रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।