सवारी साधन खरिदमा भएको अनियमितताका विषयमा सांसदहरुद्धारा गंभिर ध्यानाकर्षण

प्रकाशित मिति:

सवारी साधन खरिदमा भएको अनियमितताका विषयमा प्रदेश ५ को आइृतबार बसेको प्रदेश सभा वैठकमा सांसदहरुले गंभिर ध्यानाकर्षण भएको जनाएका छन् । उनिहरुले शुसासन र सम्बृद्धिको कुरा गर्ने प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीहरुको भनाईको ठिक विपरित सवारी साधन खरिदमा भएको आर्थिक अनियमितताले सिंगो प्रदेशको शिर निहुराएको उनिहरुको गुनासो रहेको छ । उनिहरुले छानविनका लागि ठन भएको संसदिय उप समितिलाई निर्वाध काम गर्ने वातावरण बनाउन र दोषिहरुलाई कानुनी कठघरामा उभ्याउन सरकारका तर्फबाट सहयोग हु्नु पर्ने पनि बताएका छन् । साथै सांसदहरुले राजधानी र प्रदेशको नामाकरणका विषयमा भएको ठिलाईले पनि जनताका धेरै प्रश्नहरु आउन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुको जवाफ दिदै मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले यो बिधियक अधिबेशनलाई कानुन निर्माण प्रक्रियालार्ई प्राथमिकता दिएर काम गरीरहेको र प्रदेश सभा पनि कानुन निर्माणमा सफल हुने विश्वाश व्यक्त गर्नु भयो । उहांले धेरै सकारात्मक काम भएर पनि प्रतिपक्ष दलबाट प्रशंसा हुन्छ भन्ने ठानेको भएपनि त्यस्तो नभएको गुनासो गर्नु भयो । सो अवसरमा नेपाली कांग्रेसका सांसद फकरुद्धिन खाले आर्थिक अपारदर्शीता र अनियमितता प्रदेशमा पनि बढेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । केन्द्रमा व्हाइट बोडी र प्रदेशमा ब्हाईट गाडी प्रकरणले दुखी बनाएको उनाको भनाई छ ।त्यस्तै कांग्रेसकै अर्का सांसद बीर बहादुर रानाले प्रदेश सभामा उत्साही भएर प्रवेश गरेको तर आज प्रदेश सरकारले सकारात्मक भन्दा पनि नकारात्क टिप्पणी पाईरहेको बताउनु भयो । उहांले मुख्यमन्त्रिको शुन्य सहनसिलता , जनप्रतिनिधि आफना सुबिधामा केन्द्रित हुने करौडौमा गाडी खरिद गर्नपर्ने, मनपरी ढंगले गाडी खरिद गर्ने, सत्यतथ्य बाहिर आउनु जरुरी रहेको बताउनु भयो ।

नेकपाका सांसद इन्द्र प्रसाद खरेलले अहिले पनि राजधानी १२ जिल्लालाई पायक पर्ने ठाउमा राख्नपर्ने बताउनु भयो ।
त्यस्तै सांसद तिलकराम शर्माले गत २३ गते राति सैनिक जवानले गुलेरीयामा श्रीमतिको हत्या गरेको विषयमा सरकारले दोषिलाई कारवाही गर्न नसकेकोमा गुनासो गर्नु भयो ।
त्यस्तै सांसद लैटी थारुले पनि सोहि घटनामा सरकारको ध्यानाकर्षण गराउनु भयो ।