तौलिहवा स्थित भुमी सुधार तथा मालपोत कार्यालय मा अनलाईन सेवा शुरु

प्रकाशित मिति:

कपिलबस्तुको सदरमुकाम तौलिहवा स्थित भुमी सुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा अनलाईन सेवा शुरु गरिएको छ । हाल सम्म भुमी सुधार र मालपोतका लिखत, जग्गा रजिष्ट्रेशन लगायतका कार्य लिखित रुपमा हुदै आएकोमा अब भने अनलाईन प्रबिधीबाट हुने जनाईएको छ । एक कार्यक्रमका बिच कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले ब्यानर खोलेर सेवा शुभारम्भ कार्यको उदघाटन गरेका हुन । कार्यालयमा अनलाईन सेवा शुरु भए सगै सेवाग्राहीलाई शुरुवातमा केहि झन्झटको सामना गर्नु परे पनि भविष्यमा छिटो छरितो, पारदर्शि र एकिकृत सेवा सञ्चालनका लागी सहयोग पुग्ने जनाईएको छ । यस अघि ४८ मालपोत कार्यालयमा सेवा सञ्चालन भएकोमा सो सेवा ४९ औं कार्यालयमा शुरु भएको हो ।  सो अवसरमा भुमी व्यवस्था तथा अभिलेख बिभागका निर्देशक भरत गौतमले हिजो बाँसका कलमले लेखेका श्रष्ेतालाई डिजिटलाईज गर्ने उद्धेश्यले अनलाईन सेवा शुरु गरिएको बताए । अनलाईन सोका कारण केहि समय सेवा प्रवाहमा समस्या आउन सक्ने भए पनि समस्याको निराकरण गरिने उनले प्रष्ट पारे । अनलाईन सेवा शरु भए सगै नागरिकले द्रुत र पारदर्शि रुपमा सेवा प्राप्त गर्ने कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बिश्वास व्यक्त गरे ।