गर्मीले १० लाखबढी माछा मरे

प्रकाशित मिति:

अस्ट्रेलियामा भएको अत्यधिक गर्मीका कारण न्यू साउथ वेल्स राज्यमा लाखौँ माछाहरू मरेका छन् । अस्ट्रेलियाको केही क्षेत्रहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ । अस्ट्रेलियाको न्यू साउथ वेल्स, साउथ अस्ट्रेलिया, पश्चिम अस्ट्रेलिया, भिक्टोरिया तथा तास्मानिया राज्यका केही क्षेत्रहरूमा केहीदिन तापक्रम अत्यधिक हुने यहाँस्थित तापक्रम मापन केन्द्रले पूर्वानुमान गरेको छ।

तापक्रम ४५ डिग्रीभन्दा माथि पुगेपछि न्यू साउथ वेल्सको मेनिन्डिमा १० लाखबढी माछाहरू मृत भेटिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। अत्यधिक गर्मीकै कारण यो समस्या अझ बढ्न सक्ने अस्ट्रेलियाका कृषिमन्त्री डेभिड लिटल प्राउडले बताएका छन्। लाखौँको सङ्ख्यामा माछाहरू मरेपछि सरकारले ५० लाख डलर ९करिब ४० करोड रुपैयाँ० सहयोगको घोषणा गरेको छ। जुन मृत माछाहरू सफा गर्न र माछाहरूलाई पुनस्थापना गर्न प्रयोग गरिने बताइएको छ।