ताइवानलाई सहयोग नगर्न अमेरिकालाई चीनको चेतावनी
चीनले ताइवानलाई पनडुब्बी बनाउने प्रविधि दिने मामिलालाई लिएर अमेरिका र भारतसहित ६ मुलुकलाई चेतावनी दिएको छ
काठमाडौं । चीनले ताइवानलाई पनडुब्बी बनाउने प्रविधि दिने मामिलालाई लिएर अमेरिका र भारतसहित ६ मुलुकलाई चेतावनी दिएको छ । चीनले यस किसिमको कार्यले चीनसँगको सम्बन्धमा असर पर्नसक्ने चेतावनी दिएको हो । ताइवानको प्रस्तावित पनडुब्बी निर्माणको लागि अमेरिका जापान, भारत र युरोपेली संघका ६ कम्पनीले खाका पेश गरेका छन् । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले ताइवानलाई हतियार बिक्री गर्ने मामिलामा चीनसँग कुनै किसिमको सैन्य सम्बन्ध बनाउने मुलुकलाई चीनले रोक लगाएको बताए । उनले यस किसिमको संवेदनशीलतालाई सबै मुलुकहरुले बुझिदिन आग्रह पनि गरे ।
एक चीन नीतिको आधारमा ताइवानको पनडुब्बीको नीतिमा अडिग रहँदै ताइवानलाई यस्तो अनुमति नदिनका लागि चीनले आग्रह गरेको उनको भनाइ थियो । चीनले सबै मुलुकलाई आफ्नो समझदारी देखाउँदै दुई देशको सम्बन्ध बचाउन आग्रह गरेको छ । चीन ताइवानलाई आफ्नो छुट्टै एक प्रान्तको रुपमा मान्दै आएको छ । चीन बल प्रयोग गरेरै भए पनि ताइवानलाई आफ्नो भूमिमा मिलाउने योजनामा छ । अमेरिकाले पनि ताइवानलाई आधिकारिकरुपमा मान्यता दिएको छैन तर बेलाबेलामा ताइवानको कुरा उठाउँदै उसले चीनको परीक्षा लिने गरेको छ ।












