कपिलवस्तु “महिला बिरुद्ध लैगिंक असमानता शोषण, बिभेदको अन्त्य गरौं, महिला अधिकारको लागी संघर्ष गरौं” भन्ने नाराका साथ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा संघिय समाजवादी फोरम नेपाल पार्टिको भातृ संगठन संघिय समाजवादी महिला फोरम नेपाल भेला सम्पन्न भएको छ । संघिय समाजवादी महिला फोरम नेपाल भेलाबाट रोजना निशा मियां को अध्यक्षतामा तथा उपाध्याक्ष सत्यवाती हरिजन, सचिव सुमन्ता यादव, सह–सचिव रिंका ठाकुर तथा कोषाध्याक्ष गुलाब गडारिया लगायात ४१ सदस्यीय समिति पुर्नगठन गठन भएको छ ।
कार्यक्रमको अध्यक्षता पार्टि फोरम नेपालका कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव कार्यक्रमका प्रमुख अतिथि संघिय समाजवादी फोरम केन्द्रिय राजनितीक समिति सदस्य, पार्टि संसदीय दलका नेता एवम प्रदेश नं ५ प्रदेश संसद सहसराम यादव , बिशिष्ठ अतिथिमा पार्टि केन्द्रिय सदस्य एवम राजनितिक समिति सदस्य मंगल प्रसाद गुप्ता, केन्द्रिय सदस्य राम बरण यादव, अतिथिहरुमा प्रार्टि प्रदेश नं। ५ का सचिव सन्दीप पाण्डेय, महिला फोरम प्रदेश नं। ५ प्रदेश अध्यक्ष निलम यादव, महिला फोरम प्रदेश सह–सचिव किरन गुप्ता , महिला फोरम केन्द्रिय सदस्य गीता श्रीवास्तव, मयादेबी गाँउपालिका अध्यक्ष एवम पार्टि सचिव बंजरगी चौधरी , प्रदेश नं ५ का मुख्य सचिव डा। अब्दुल रसिद खाँ तथा जिल्ला युवा नेता इरफान रजाको उपस्तिथि रहेको थियो । कार्यक्रमका सञ्चालक बिशराम यादवले गर्नु भएको थियो ।












