वायुसेवा निगमले १२ वर्षपछि पुनः जापान उडानको तयारी थालेको छ । सातामा दुईवटा उडान गरिरहेको निगमले जहाजको संख्या कम भएकै कारण नियमित उडानलाई बन्द गरेको थियो । निगमले सन् १९९४ को डिसेम्बर ३० देखि सन् २००७ को अप्रिल १२ सम्म उडान गरेर त्यसपछि बन्द गरेको जापान उडान पुनः गर्ने भएको छ । निगमले वाइडबडी जहाजमार्फत सातामा तीन वटा उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको वायुसेवा निगमले जानकारी दिएको छ ।‘काठमाडौंबाट जापानको ओशाकामा सीधा उडान गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको छौं’, निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने । उनका अनुसार अब हामीले जापान सिभिल एभिएसन ब्युरोको अन्तिम स्वीकृत मात्रै पर्खिरहेका छौं । जापानको ओशाका विमानस्थलले निगमलाई उडान स्लटसमेत दिइसकेकोले छ । अब उसको स्वीकृतिपछि एक महिनाको समय राखेर उडान तालिका सार्वजनिक गर्ने चरणमा पुगेको पनि खरेलले बताए ।
निगमले जापानको ओशाका विमानस्थलमा उडान गर्न सातामा तीनवटा उडानका लागि स्लटसमेत दिइसकेको छ । काठमाडौंबाट पहिलो पटक सीधा जापान उडानको तयारी थालेकोले कर्मचारी पठाउने, ग्राउन्ड ह्यान्डलिङ, कर्मचारी नियुक्तसहित विवरण दिइसकिएको छ । निगमले सोमबार जापानले मागेको उडान अनुमतिको समयसहितको अन्तिम विवरणसमेत पठाइएको निगमका कमर्सियल डिपार्टमेन्टका निर्देशक टंकनिधि दाहालले बताए । काठमाडौं–ओशाका–काठमाडौंको दुईतर्फी उडानलाई करिब १५ घण्टा लाग्ने भएको छ । साभार अन्नप्रर्ण पोष्ट ।












