काठमाडौं/ काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् ।बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले तामाङको २ः४५ बजे मृत्यु भएको पुष्टि गरे ।घटनामा गम्भीर घाइते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ ।
घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो । यद्यपि, कसरी विष्फोट भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।विष्फोट भएको सीसा कारखानामा एलपीजी ग्यास र अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको थियो । त्यहाँ अझै करिब ५० वटा सिलिन्डर छन्












