दाङको एउटा चर्चित धार्मिक स्थल रिहार मेलामा युवाहरुका बीचमा ढुङ्गो बोक्ने अनौठो मेला चलेको छ । माघीका दिन रिहारमा लागेको मेलामा यसपाली पनि त्यस्तै होडवाजी देखिएको हो । यो प्रचलन बषौंदेखि चल्दै आएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित रिहार मेलामा तिर्थालुहरूको बगार बाबा ढुङ्गो उचाल्न सक्नेहरु बीर र सफल व्यक्तिका रुपमा दरिन्छन् भन्ने विश्वास रहँदै आएको छ । ६५ किलोको यो ढुङ्गो बोकेर जस्ले बगार बाबा मन्दिरको परिक्रर्मा गर्न सक्छ उस्ले चिताएका सबै कुरा पुरा हुन्छ भन्ने धार्मिक मत रहेको छ । लमही नगरपालिका वडा नं. ८ सतवरिया निवासी सुरज चौधरीले त्यही विश्वासका साथ यो पटकसहित ६ पटक आफुले ढुङ्गो बोकेर मन्दिरको परिक्रर्मा गरेको जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी अर्जुन गिरीले आफ्नो शक्ति परिक्षण गर्नको लागि ढुङ्गो बोकेर मन्दिरको परिक्रर्मा गरेको बताउनु भयो । त्यस्तै धारतको उत्तराञ्चलवाट मेलामा आएका अशोक यादवले आफ्नी प्रेमीकाले यो ढुङ्गो बोकेर मन्दिरको परिक्रर्मा गर्न सकेमा मात्रै विहे गर्ने वचन दिएको हुँदा बोकेर मन्दिर परिकर्मा गरेको जानकारी दिनुभयो ।यहाँ आउने प्राय सबै भक्तजनहरुले धार्मिक आस्थाले होस वा आफ्नो शक्ति प्रर्दशन गर्नको लागि भएपनि एक पटक यो ढुङ्गो काँधमा उठाउन प्रयार्स गर्छन । रिहार मेलामा ठूलो संख्यामा भारतीय तीर्थ यात्रुहरुको भिडभाड हुने गर्छ ।












