रुपन्देहीको सैनामैना नगरपालिकामा बुधबारदेखी नगरस्तरीय खेलकुद सप्ताह सुरु भएको छ ।अतिरिक्त क्रियाकलापबाट विधार्थी तथा विद्यालयको सर्वाङगिण विकासका लागी सैनामैनाका १८ सामुदायिक तथा १८ सस्थाँगत विद्यालयका विच एक हप्ता सम्म विविध खेलकुद सञ्चालन हुने छ ।आजको उद्धघाटन खेलमा दुई खेल सम्पन्न भएका छन् । जसमा पर्रोहा माध्यमकि विद्यालयको खेलकुद मैदानमा भएको १५०० सय मावि स्तरीय खुल्ला दौड प्रतियोगितामा प्रथम पर्रोहा माध्यामिक विद्यालयका छात्र राम कृपाल यादव,द्धितिय रामापुर माध्यमिक विद्यालयका सुरेन्द्र चौधरी र तृतिय दुर्गा सापकोटा भएका छन् । सप्ताहामा २७ वटा खेलहरु हुनेछन् ।सैनामैना नगरपालिका मेयर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीको स्वागत तथा सरस्वती माध्यमिक विद्यालयका शिक्षक रोमनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा ३६ वटै विद्यालयको सहभागिता रहेको थियो ।










