कांग्रेसको वृहत खबरदारी सभा बुटवलमा सम्पन्न

प्रकाशित मिति:

अहिलेको सरकारले प्रदेश ५ को स्थायी राजधानि र नामकरण गर्न नसकेको प्रति कांग्रेस नेताहरुद्धारा आक्रोश व्यक्त

बुटवलको प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही आज तोकेको एक वर्ष पुगेको अवसरमा नेपाली कांग्रेसले बुटवलमा वृहत खबरदारी सभा गरेको छ । रुपन्देही जिल्ला प्रदेश नम्बर ५ को स्थायी राजधानिको लागि उपयुक्त भएको नेपाली कांग्रेसका नेताहरुले बताएका छन । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अन्र्तराष्ट्रिय बिमानस्थल बन्ने भएकाले रुपन्देही जिल्ला नै प्रदेश ५ को उपयुक्त राजधानी भएको कांग्रेस नेताहरुले बताएका छन । उक्त सभामा नेताहरुले संविधान कार्यान्वयन, सुशासन, शान्ति सुरक्षा एवं स्थायी राजधानी र नामकरणको लागि अहिलेको कम्युनिष्ट सरकारले रुपन्देहीबाट अन्यत्र सार्ने षड्यन्त्र गरेको बताएका हुन् । गत वर्ष नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा माघ ३ गते आजको दिन नै सरकारले ७ वटै प्रदेशको मुकाम तोकेको थियो । सो अवसरमा कांग्रेसले कार्यक्रममा खुशियाली समेत मनाएको थियो । तर १ वितिसक्दा समेत अहिलेको कम्युनिष्ट सरकारले प्रदेश ५ को स्थायी राजधानि र नामकरण गर्न नसकेकोमा कांग्रेस नेताहरुले आक्रोश समेत पोखे । हजारौं जनताको बिचमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रमुख संचेतक तथा प्रधिनिधि सभामा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले नेपालको विकासको क्रम अघि बढिरहेका बेला राज्य विरुद्ध भएको दण्डको मास पहाडी तथा दुर्गम भूभागका नागरिकले गुमाउनुपरेको अवस्थाको सृजना भएको भन्दै भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीकै विषयमा अप्राकृतिक विवाद निकालेर रातारात अन्यत्र लगी माटोमा गाडेर कृतिम रुपमा गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी होईन भन्ने दुस्प्रयास पनि भएको भन्दै बुद्धको जन्मस्थलको साख जोगाउन उक्त माग गरेको बताउनुभयो । वहांले अब बिलम्ब नगरी स्थायी राजधानी तोक्नुपर्ने भन्दै संविधानले दिएको जिम्मेवारी प्रदेश सभाको निर्णयले मात्र हुन सक्ने भएकाले जनताका अभिमतलाई ध्यानमा राखेर मात्रै यस प्रदेशका सरकारले निर्णय लिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । तत्कालिन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारले गरेका राम्रा निर्णयहरु अहिलेको सरकारले उल्टाउँन खोजेको खाँणले बताउँदै निर्णय उल्टाए कम्युनिष्टलाई पनि जनताले उल्टाएर देखाउने बताउनु भयो ।

कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले केन्द्रमा वाईडवडी र प्रदेशमा गाडी खरिद प्रकरणमा भ्रंष्ट्रचार गर्ने कम्युनिष्ट सरकारले देश। प्रदेशको नाम र राजबनाउन नसक्ने बताउनुभयो । राजधानि तोक्न नसक्ने सरकारले रेल र पानीजहाज चलाउँछु भन्नु हास्यास्पद रहेको भण्डारीको कथन थियो ।त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य देबेन्द्रराज कँडेलले रुपन्देहीबाट अन्यत्र प्रदेश ५ को राजधानि तोके कम्युनिष्टलाई पनि जनताले रुपन्देहीबाट बिदा गरिदिने चेतावनी दिनुभयो । धर्मको लागि जनतमतमा जानु पर्ने उँहाले बताउँदै अहिलेको सरकारले ईशाईकरण गर्न खोजेको आरोप लगाउँनु भयो । नेपाली कांग्रेसका प्रदेशसभा संसदिय दलका नेता बलदेव शर्माले अहिलेको सरकारले संविधानको उल्लघन गरेको बताउँनु भयो । एउटै पार्टीको सभामुख र उपसभामुख रहने ब्यवस्था सविधानमा नरहेपनि कम्युनिष्ट सरकारले एउटै पार्टीको सभामुख र उपसभामुख बनाएर सविधान बिपरीत गएको शर्माले बताउनु भयो ।

त्यस्तै नेपाली कांग्रेस पाल्पा जिल्लाका सभापति तथा प्रदेश सभाका सदस्य बिर बहादुर राना , अर्घाखाँचीका सभापति विष्णु प्रसाद मुस्कान, गुल्मीका सभापति भुवन श्रेष्ठ, कपिलबस्तुका सभापति विरेन्द्र कनौंडियाले बोल्दै प्रदेश ५ को राजधानि रुपन्देही जिल्ला नै उपयुक्त हुने दाबी गरेका छन । नेपाली कांगेस रुपन्देही जिल्ला कार्य समितिका सभापति अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता रमा अर्याल , हरि लम्साल, खेलराज पाण्डेय, रामकृष्ण खाडँ लगायतले बोलेका थिए ।