प्रधानमन्त्रि ओली स्विजरल्यान्ड भ्रमणमा जाँदै

प्रकाशित मिति:

स्विजरल्याण्डको डाबोसमा हुन गइरहेको ’वर्ल्ड इकोनोमिक फोरम’मा सहभागिता जनाउन प्रधानमन्त्री केपी शर्मा ओली यही माघ ६ गते स्वीजरल्याण्ड भ्रमणमा जाने भएका छन् । यही जनवरी २२ गतेदेखि २५ सम्म ९माघ ८ गतेदेखि ११ गतेसम्म० हुने फोरमको वार्षिक बैठकमा विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरूको सहभागीता हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नेपालबाट पहिलोपटक प्रधानमन्त्री ओलीले प्रतिनिधित्व गर्दै छन्।

’स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलोपटक सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्द अर्यालले जानकारी दिए। प्रधानमन्त्री ओलीले तीनवटा छुट्टाछुट्टै फोरममा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।जसअन्तर्गत माघ ९ गते उनले ’सेपिङ डी फ्युचर अफ डेमोक्रेसी नामक’ कार्यक्रममा समेत प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्। सोही दिन बेलुकी विभिन्न देशका प्रमुखहरूको जमघटमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रमुख लगानीकर्ताहरूको सहभागीता रहने उक्त फोरममा नेपालमा विदेशी लगानी भित्र्याउने वातावरणको निर्माण हुने नेपाल सरकारको विश्वास रहेको छ। नेपालमा कायम भएको शान्ति र राजनीतिक स्थिरताबारे विदेशी लगानीकर्तालाई जानकारी गराउने उचित फोरमका रूपमा प्रयोग गर्ने प्रधानमन्त्रीको तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।