बुटवल/ पत्रकार दिपक न्यौपाने सम्मानीत भएका छन । रुपन्देही पुल तथा स्नुकर संघको बुटवलमा शुक्रबार सम्पन्न पाचौ साधारण सभा तथा तेस्रो अधिवेसनको क्रममा न्यौपानेलाइ नगद सहित सम्मान गरिएका हो । न्यौपानेलाइ स्नुकर खेललाइ माथी उठाउन मिडियाबाट महत्वपुर्ण भुमिका खेलेको भन्दै उत्कृष्ट स्नुकर पत्रकारीता पुरस्कार २०७५ प्रदान गरिएको हो । उनलाइ नगद रु ५ हजार र कदरपत्रसहित सम्मान गरिएको संघले जनाएको छ ।

रुपन्देहि पुल तथा स्नुकर सघंका अध्यक्ष हरि क्षेत्री , उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ,सचिब सुजन पुन, बरिष्ठ सल्लाहाकार सन्जय बज्राचार्यलगायतले सम्मान गर्दै स्नुकर खेललाइ माथी उठाउन मिडीयाको महत्पुर्ण भुमिका रहनेहुदा सधै सहयोगको अपेक्षा रहेको बताए । हाल दैनीक लुम्बिनी,सबल नेपाल साप्ताहिक,लुम्बिनी टेलीभीजन र हाम्रो खेलकुद डटकममा आबद्ध उनले खेलकुदका राम्रा र नराम्रा पक्षका बारेमा खरो रुपमा कलम समेत चलाउदै आएका छन ।










