को भन्दा को कम ः अब प्रियंका पनि चलचित्र निर्मात्री बन्दै

प्रकाशित मिति:

नायिका प्रियंका कार्कीले पनि अब चलचित्र निर्माण गर्ने तयारी गरेकी छिन् । नायिका कार्कीले निर्माण गर्न लागेको चलचित्रलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गर्ने पक्का भइसकेको बताइएको छ ।यतिबेला चलचित्रको कथामा काम भइरहेको छ । कथाको काम सम्पन्न भएपश्चात चलचित्रका निम्ति पात्रको खोजी हुने छ । चलचित्रमा नायिका कार्की स्वयंमले अभिनय गर्ने या अरु कसैलाई राख्ने भन्ने कुरा समेत कथा लेखनपछि मात्र टुंगो लाग्ने नायिका कार्कीले बताएकी छन् ।यसअघि निर्देशक साम्तेन भुटियासँग नायिका कार्कीले चलचित्र अनागतमा काम गरेकी थिइन् । प्रियंकाले निर्माण गर्न लागेको चलचित्रको कथा समेत निर्देशक साम्तेनले नै लेख्दै छन् ।

साम्तेनको कथा सुनेपछि आफू चलचित्र निर्माण गर्नका लागि तयार भएको नायिका कार्कीको भनाइ छ ।उनले अभिनय गरेका धेरै चलचित्रहरुलाई दर्शकले रुचाएका छन् । तर पछिल्लो समय भने नेपाली चलचित्र नगरीमा नायिका कार्कीको क्रेज घट्दै गएको बताइन्छ । कतिपय चलचित्र पण्डितहरुले भने नायिका कार्कीको माग कम हुँदै गएपछि उनी चलचित्र निर्माणतिर लागेको बताउने गरेका छन् ।सफल नायिकाका रुपमा स्थापित भएकी नायिका कार्की अब निर्माताका रुपमा कति सफल हुन्छिन्, त्यो भने समयले बताउने छ ।