खेल शिक्षकलाई खेलकुदबारे अभिमुखिकरण

प्रकाशित मिति:

झविन्द्र देवकोटा, बुटवल, ५ माघ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल एन प्याब्सन रुपन्देहीले जिल्लामा रहेका संस्थागत विद्यालयहरुका खेल शिक्षकका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयका खेल शिक्षकहरुलाई खेलको नियम, खेलको स्वच्छ प्रतिस्प्रर्धा, अनुशासन लगायतका विषयमा अब्बल बनाउनका लागि एन प्याब्सनले संस्थागत विद्यालयका खेल शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम राखेको हो । एन प्याब्सनका अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष हरि प्रसाद श्रेष्ठ, एन प्याब्सनका केन्द्रीय सदस्य बालाकृष्ण तिवारी, रुपन्देही उपाध्यक्ष तिलव केसि, सल्लाहकार प्रकाश भट्टराई, खेल संयोजक बाबुराम बन्जाडे, सहसंयोजक विनोद थापा लगायतले खेललाई मर्यादित र सब्य बनाउनका लागि तालिम र प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । खेल प्रशिक्षक विकास गुरुङ्गले सहजिकरण गर्नु भएको कार्यक्रममा रुपन्देहीका विभिन्न विद्यालयका २४ जना खेल शिक्षकहरुको सहभागिता रहेको थियो । यसैबीच एन प्याब्सनले माघ १० गतेदेखि १२ गतेसम्म बुटवलमा खेल सप्ताह राखेको सचिव जेवि क्षेत्रीले जानकारी दिनुभयो ।