अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोबारे महत्वपूर्ण घोषणा गर्नसक्ने

प्रकाशित मिति:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  मेक्सिकोबारे महत्वपूर्ण घोषणा गर्नसक्ने बताइएको छ । संघीय सरकारमा लामो समयदेखि जारी रहेको आंशिक कामकाज बन्द र सीमामा मानवीय अवस्थाबारे ट्रम्पले महत्वपूर्ण घोषणा गर्न लागेका हुन् । मेक्सिकोको सीमामा पर्खाल बनाउने विषयमा कुरा नमिल्दा अमेरिकाको आशिंक बन्द अहिलेसम्मकै लामो बन्न पुगेको छ । अझै पनि यो विषयमा सहमति जुट्ने सम्भावना निकै कम रहेको देखिएसँगै ट्रम्प यसबारे महत्वपूर्ण घोषणा गर्ने पक्षमा देखिएका हुन् ।यस विषयमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने यस विषयमा कुनै जानकारी दिएको छैन ।

अमेरिकाको आंशिक बन्दको कारण अधिकांश कर्मचारीहरु बिदामा छन् भने बाँकी कर्मचारीहरु विना कुनै तलब काम गरिरहेका छन् ।अमेरिकाको संसदमा डेमोक्रेटिकको बहुमत छ र उनीहरु पर्खालको लागि आवश्यक ५ अर्ब ७० करोड डलर दिन अस्वीकार गरिरहेका छन् । ट्रम्पले आफ्नो निर्वाचन प्रचारको क्रममा अवैध आप्रवासी रोक्नका लागि पर्खाल लगाउने वाचा गरेका थिए ।