नवलपरासी/ नेपाल सरकारको सहयोग तथा ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर र बर्दघाट सुस्ता पश्चिम नवलपरासीका सात वटै स्थानिय तहद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीको आयोजनामा सोमबार रामग्राम ७ उजैनीमा मनोपरामर्श समुह गठन गरिएको छ । रामग्राम वडा नम्बर ७ का वडाध्यक्ष शिवशंकर हरिजनको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का वडासदस्यहरु गायत्री आचार्य, राम विनोद कोइरी, आशा पासी, उजैनी स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र भट्राई लागएतको सहभागिता रहेको थियो ।
बैदेशिक रोजगार संग सम्बन्धित घर परिवारका ४० बढी सहागिता रहेको कार्यक्रममा बैदेशिक रोजगारबाट हुने समस्या, बैदेशिक रोजगारीका बारेमा जानकारी, सुचना र सिप तालिमको र तनाव ब्यवस्थापन बारे जानकारी गराइएको थियो । सोही कार्यक्रमबाट बैदेशिक रोजगारबाट हुने समसया र तनावलाई ब्यवस्थापन गर्नका लागी बैदेशिक रोजगारमा रहेका श्रीमानका श्रीमतिहरु १६ जनाको मनोपरामर्श समुह समेत गठन गरिएको छ ।
परियोजनाकी सामाजिक परिचालिका तारा सापकोटाको सञ्चालनमा रहेको कार्यक्रमको सहजिकरण परियोजनाकी मनोपरामर्श दाता सुमित्रा चौधरलिे गर्नुभएको थियो । सो गठित समुहलाई सात पटक सम्म बैठक बसी तनाव ब्यवस्थापन, आफ्ना बाल बच्चाहरुलाई गरिने ब्यवहार र बैदेशिक रोजगारीबाट प्राप्त रकमको सहित ब्यवस्थापन सहित आय आर्जनका बारेमा छलफल गरिने मनोपरामर्शदाता चौधरीले जानकारी दिनुभयो ।












