नवलपरासी/ ईलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सडक दुर्घटना न्युनिकरणका लागी सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिषण र सवारी साधनको अवस्था बारे चेकजाच कार्यक्रम सोमबार बर्दघाट ४ टिसियनचोकमा सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरीको आवाह्न, सुरक्षित र सहज अवागमन भन्ने मुल नाराका साथ ईलाका प्रहरी कार्यालय बर्दघाट र दुर्घटना घटाउ, मान्छे बचाउ भन्ने नाराका साथ सवारी दुर्घटना न्युनिकरणका लागी अस्थायी ट्राफिक प्रहरी पोष्ट बर्दघाटको सयुक्त आयोजना र चिसापानी अस्पतालको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा पुर्वपश्चिम राजमार्गमा चल्ने लामो दुरीका सवारी चालकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण अन्र्तगत ब्लड प्रेसर, आखा जाचँ गरिएको र सवारी चालकहरुलाई दुर्घटना न्युनिकरणका लागी ट्राफि सचेतना का कार्यक्रम समेत सम्पन्न गरिएको छ । सो अवसरमा १ सय ५३ जना सवारी चालकको स्वाथ्य परिक्षण गरिएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख बुद्धि सागर पुरीले बताउनुभयो । ईलाका प्रहरी कार्यालय बर्दघाटले विभिन्न समयमा दुर्घटना न्युनिकरण गर्न, यात्रुहरुालई सहज र सुरक्षित यात्राका लागी विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दै आएको छ । साथै राजमार्गमा ट्रिपर, ट्रयाक्टर लगाएका सवारी साधानले नदीजन्य पदार्थहरु बोकेर राजमार्ग सवारी चलाउदै त्यसबाट निस्केका धुलो, धुवाँ र पानीबाट सवारी दुर्घटना बढ्न गएको र राजमार्ग पनि छिटो विग्रिने हुदा यसलाई नियन्त्रण गर्न उक्त सवारीलाई सचेत गराउदै कार्यवाही समेत थालेको प्रहरी प्रमुख पुरीले बताउनुभयो ।
सो कार्यवाही अन्र्तगत आइतबार मात्र १६ वटा ट्रिपरलाई नियन्त्रणमा लिई सचेत गराउदै जरिवाना काटी छोडिएको पुरीले बताउनुभयो । उक्त जरिवानाबाट २२ हजार राजश्व समेत संकलन भएको प्रहरी प्रमुख पुरी बताउनुभयो ।












