चीनको ऊ हान सहरमा एउटा स्मार्ट शौचालय प्रयोगमा

प्रकाशित मिति:

चीनले भर्खरै पृथ्वीबाट नदेखिने चन्द्रमाको पछाडिको भागको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराइनुका साथै पहिलो पटक चन्द्रमामा बिरूवासमेत उमार्न सफल भएको छ। गत जनवरी ३ मा चन्द्रमामा अवतरण भएको उक्त अन्तरिक्ष यान छाङ्ग अ–४ ले बोकेर गएको कपासको बिउ चन्द्रमामा टुसाएको थियो तर केही समयपछि त्यसलाई उमार्न नसकेको समाचार पनि आयो। यसरी चीनले हरेक दिन विश्वलाई चकित पारिरहेको छ ।

यसैबीच जनवरी २१ तारिखबाट चीनको ऊ हान सहरमा एउटा स्मार्ट शौचालय प्रयोगमा ल्याइएको छ। यस स्मार्ट शौचालयमा एअर कन्डिसन, गन्ध हटाउने प्रणाली, ट्वाईलेट पेपरका लागिअनुहार पहिचान आदि प्रबन्ध छन् ।त्यसबाहेक यहाँ हिजोआज हरेक युवालाई अत्यावश्यक वाईफाईसमेत उपलब्ध छ । त्यो पनि निः शुल्क साथै मोबाइल फोन चार्जरको पनि व्यवस्था छ। त्यसैगरी शौचालयको डिजिटल स्क्रिनमा शौचालयसम्बन्धी सूचना पनि हेर्न सकिन्छ। कति वटा खाली छन् र त्यसैगरी शौचालयको वायु के कस्तो छ सबै जानकारी लिन सकिन्छ।