अतरिया घाटनाका थप ३ दोषी पक्राउ

प्रकाशित मिति:

कैलाली / अत्तरियामा महोत्सव हेरेर फर्किने क्रममा एकजनाको ज्यान जाने गरी आक्रमण गर्नेमध्ये थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै गोदावरी(१ का २० वर्षीय अरुण भट्टलाई खुकुरी प्रहारी गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा गोदावरी–२ का १९ वर्षीय राजु कठायत, त्यसै ठाउँका १९ वर्षीय बिरेन्द्र शाह र २० वर्षीय प्रमेश मगरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले कठायत र मगरलाई धनगढीबाट र शाहलाई गोदावरीबाट पक्राउ गरेको हो । मृतक भट्टलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनिहरुलाइ पक्राउ गरेको बताएको छ ।