एजेन्सी – जर्मनी र इजरायलका अनुसन्धानकर्ताहरूले सयौं मानसिक परीक्षणहरू मन्थन गरेर बेइमानीबारे नयाँ तथ्य सार्वजनिक गरेका छन्। उनीहरूले बेइमानी उमेर र लिङ्गमा आधारित हुने बताएका छन्। हो त, महिलाले भन्दा पुरुषले बढी झूटो बोल्छन् । बेइमानीबारे गरिएको एउटा ठूलो अध्ययनले यस्तै देखाएको छ । तर, महिलाहरु पनि त्यति सत्यवादी चाहिँ होइनन् । मनोवैज्ञानिक परीक्षणहरुले ४२% पुरुषहरुले झूटो बोल्ने गरेको देखायो । झूटो बोल्ने महिलाहरुको संख्या पनि ३८% पाइयो ।
४४ हजार सहभागीहरुमा गरिएको ५ सय ६५ अध्ययनको तथ्यांक विश्लेषण गरिएको थियो । जर्मनी र इजरायलको म्याक्स प्ल्याङ्क एण्ड टेक्निकल इन्स्टिच्युटले गरेको अध्ययन हो । त्यसो भए कसको आँखा सबभन्दा इमानदार देखियो त ? अनुसन्धानकर्ताहरु भन्छन्– तपाईंले ठोकुवा गर्नुअघि विचारै गर्नुपर्छ । बुढापाकाभन्दा जवानहरु बढी झूटो बोल्छन् । तपाईंको उमेर बढ्दै जाँदा हरेक वर्ष ०.२८% ले इमानदार बन्दै जाने सम्भावना बढाउँछ । त्यसैले उमेरसँगै इमानदारी बढ्दै जाने देखिन्छ ।










