जुम्लामा हिउँमा कठ्याङ्ग्रिएको अवस्थामा शव फेला

प्रकाशित मिति:

बुटवल – जुम्लामा हिउँमा कठ्याङ्ग्रिएको अवस्थामा एक शव फेला परेको छ । सिँजा गाउँपालिका –६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएको अवस्थामा शव फेला परेको हो । मंगलबार बिहानबाट जुम्लामा परिरहेको भारी हिमपातका कारण डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ चिसोले कठ्याङ्ग्रिएकाे अवस्थामा अचेत फेला परेका थिए । जसमध्य भाईको मृत्यु भइसकेको र दाईलाइ भने सकुसल उद्धार गरेको प्रहरीले बताएको छ ।

शव भेटिएको स्थानमा करिब २ फिट बाक्लो हिउँ परेकोले शव घर लैजान अप्ठ्यारो भएको भन्दै घटना स्थलमै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । यता प्रहरीले भने घटना वास्तविक भएपनि प्रहरीलाई समयमै जानकारी नहुनु र घटना स्थलमै मृतकको दाहसंस्कार गरिनुको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।