दाङमा कृषिमन्त्री लाई भाले उपहार

प्रकाशित मिति:

दाङ/  कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल ‘बल्देव’लाई दाङको ‘बदिया’ भाले उपहार दिइएको छ । ५ नं। प्रदेशस्तरिय प्रथम पोल्ट्रि महोत्सव एव प्रदेर्शनी–२०७५ को उदघाटन गर्न दाङको घोराही आएका मन्त्री खनाललाई विहीवार आयोजकले दाङको पहिचानको रुपमा स्थापित भएको बदिया भाले उपहार दिएका हुन । भाले बास्न थाले लगतै त्यसको अण्डकोष निकालेर खसी बनाउने विधिलाई बदिया भाले भन्ने गरिन्छ । केही बर्ष यता दाङको बदिया भालेको माग र चर्चा परिचर्चा राजधानी काठमान्डौं लगाएत देशका विभिन्न ठूला सहर बजारमा हुँदै आएको छ । यहाँका किसानले व्यवसायिक रुपमा बदिया भाले तयार पारेर लाभ लिदै आएको भएपनि त्यसको व्यवसायिक रुपमा प्रर्वद्धन भने हुन सकेको छैन । पछिल्लो समय दाङको एउटा पहिचानको रुपमा स्थापित हुँदै गएको बदिया भाले व्यवसायलाई थप प्रचार प्रशारको लागि मन्त्रीलाई बदिया भाले उपमहार प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।

यसैविच कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले रासायनिक मलको अभाव हटाउन नसकिएको स्विकार गरेका छन्।‘मलको हाहाकार छ। म मन्त्री छु। तर, समाधान गर्न सकेको छैन्’कृषि तथा पुशपंक्षी विकस मन्त्री चक्रपाणी खनालले दाङमा भने–‘मलको हाहाकार हटाउनेगरी पेट्रोलियम पदार्थ जस्तै सहज आउनेगरी भारत सरकरसंग सम्झौता गर्दैछौं।’यस्तै मन्त्री खनालले सरकारले धुलो दुधको आयतमा प्रतिबन्ध लगाएको र कुनै पनि हालतमा धुलो दुधको आयात नखोल्ने बताए।‘धुलो दुधको आयात गर्न दिईदैन्, धुलो दुधको आयातमा रोक लगाएर विचौलिया विरुद्ध लडेको छु’उनले भने–‘कुनैपनी हालतम धुलो दुधको प्रतिवन्ध खुल्दैन्।’ कृषिमा रोजगारी सृजना गरेर देशलाई समृद्ध बनाउने अभियानमा सरकार रहेको बताएाक छन् । कृषि पेशालाई सम्मानीत पेशा बनाउन कृषकलाई पेन्सन दिने कार्यक्रम ल्याउन थालिएको बताए।