जिपि कोइराला फाउन्डेसन मोरङमा निरौला

प्रकाशित मिति:

विराटनगर । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जिपी कोइराला फाउण्डेसनको मोरङ शाखाले पूर्णता पाएको छ । बिहिवार विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका बीच १ नं ।प्रदेश संयोजक इन्दिरा कार्कीले फाउन्डेसनलाई पूर्णता दिएकी हुन् । कौशल निरौलाको संयोजकत्वमा १३ सदस्य कार्यसमिति बनेको छ ।

गठित समितिको सह–संयोजक बेदुकुमार खतिवडा,सचिव दुर्गा गुरागाई,सह–सचिव सन्तोष पोख्रेल र कोषाध्यक्षमा पुनम सिंह रहेका छन् । यस्तै सदस्यहरुमा रिता पोख्रेल,शर्मिला अधिकारी,बैधनाथ झा,गिरिजाप्रसाद कोइराला,पदम सरदार,विरजुकुमार गच्छदार,नितिन भगत र अन्जु दाहाल रहेका छन् । यस्तै प्रदेश समितिमा निर्मलकुमार दुगडलाई समेत मनोनयन गरिएको छ ।

कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्दै आएको छ । कार्यक्रममा कांग्रेस नेता तथा फाउन्डेसनका सल्लाहकार गयानन्द मण्डल,प्रदेश नं १ का कोषाध्यक्ष हरिनारायण चौधरी, सचिव शैलन्द्र शिवाकोटी लगायतको सहभागिता रहेको थियो ।