एनआरएनए युएईको आयोजनामा रमाईलो ल्होसार साँझ ( २०७५) हुने

प्रकाशित मिति:

युएइ- एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद् अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोंचलाई अघि बढाउँदै ल्होसारको अवसर पारी रमाईलो ल्होसार साँझ ( २०७५ ) मनाउने भएको छ । नेपाली चाडपर्वहरुको अवसरमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको परिषद्ले सोही क्रमलाई निरन्तरता दिँदै अलऐनले फेब्रुवरी ८ तारिखका दिन उक्त कार्यक्रम गर्न लागेको जनाएको छ । कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका चिरपरिचित कलाकारहरुको बिशेष प्रस्तुती रहने जनाइएको छ ।
अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा गायक पारस लामाको साथमा गायिका सानू स्मिथ,सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया र जनक रुचाल, नृत्यगंना नेमिका गुरूंग, पुजा रेग्मि,अर्मिला लोप्चन, सौभाग्य पौडेल र अस्मीता गिरीको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै नेपाली बाल मन्चका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका सॉस्कृतिक तथा खेलकुद संयोजक उज्वल दाहालले बताए ।