काठमाडौं । विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी हुन स्वीट्जरल्याण्डको डाबोेसमा गएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेपाल फर्किएका छन् । प्रधामन्त्री ओली विमानस्थल आइपुग्दा आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।प्रहरीले प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिएको छ । नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेका बेला उनीहरुले विमानस्थलमै प्रर्दशन गरेका हुन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, सभामुख कृष्णबहादुर महरा लगायतले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत गरेका थिए ।












