यही माघ २४ गते गृष्मा ब्रोडकास्टिङको आयोजना तथा तिलोत्तमा जेसिजको संयोजनमा रुपन्देहीमा वृहत सद्भाव र ऐक्यवद्धताका लागि प्रदेश न ५ स्तरीय सांगितीक कार्यक्रम हुने भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी गृष्मा ब्रोडकास्टिङका प्रबन्धक गृहेन्द्र घिमिरेले देशका हरेक प्रदेशका कलाकारहरुलाई समेटेर यो सांगितीक कार्यक्रम गर्न लागिएको जानकारी गराउनुभयो । वहांले संगितको माध्यमबाट देशैभरि सद्भाव र एक भएर अघि बढे सफल भईन्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रमले भूमिका खेल्ने बताउनुभयो । यो कार्यक्रम रुपन्देही पश्चात देशका हरेक भागमा संचालन गरिने पनि वहांले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रमका बारेमा जानकारी दिंदै तिलोत्तमा जेसिजका अध्यक्ष जयप्रकाश भट्टराईले जेसिजले आफ्ना कार्यका ४ वर्ग मध्ये सामाजिक कार्यबाट अछुतो नरही युवाहरुकै संस्था भएकाले युवाहरुले जेसिजका बारेमा बुझ्ने अवसर प्रदान गर्न र सामाजिक उत्तरदायित्व वहनका लागि कार्यक्रमको संयोजन गरेको बताउनुभयो । उक्त कार्यक्रमको नारा ७ शहर, ७ दिन,र ७ जना राखिएको छ जसअन्र्तगत कार्यक्रममा प्रदेश न १ को प्रतिनिधित्व गर्दै कलाकार प्रमोद खरेल, प्रदेश २ बाट सन्दिप क्षेत्री, ३ बाट रामकृष्ण ढकाल, ४ बाट पशुपति शर्मा, ५ बाट ईन्दिरा जोशी, ६ बाट अन्जली अधिकारी र ७ बाट दिपक विष्ट ले प्रस्तुती दिनेछन् । सप्तरङ्क नाम दिईएको म्यूजकल जोर्नी १८ गते दमक बाट शुरु हुंदै २० गते जनकपुरमा,२२ गते नारायणगढमा,२४ गते रुपन्देहीमा, २६ गते सुर्खेतमा, २८ गते धनगढी हुंदै फाल्गुणको २ गते पोखरामा सम्पन्न गरिनेछ ।













