कम्युनिस्टसँग अव अन्तीम लडाइ लडुछौ : जितजंग वस्नेत अध्यक्ष नेपाल तरुण दल

प्रकाशित मिति:

बुटवल । नेपाल तरुण दलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको अधिनायकवाद भ्रष्टाचार र अनियमितताविरुद्ध पाँचौँ प्रदर्शन गरेको छ । प्रदेश ५ को राजधानी बुटवलमा शनिबार तरुण दलले ओली सरकारविरुद्ध प्रदर्शन गरेको हो । हज्जारौँ तरुण युवाहरूको सहभागिता रहेको विरोध र्‍यालीले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध नारावाजी गरेको थियो । प्रदेश ५ का १२ वटा जिल्लाका युवा तरुणहरू विरोध कार्यक्रममा सहभागी भएका थिए । तत्कालीन माओवादीका कार्यकर्ताबाट रोल्पामा गोली हानेर हत्या गरिएका तरुण दलका नगर सभापति रोहित पुनकी पत्नी पनि सहभागी थिइन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले रोहित पुनलाई शहीद घोषणा गराउन आफूले पहल गर्ने आश्वासन पनि दिए । विरोध सभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष बस्नेतले यो देशबाट कम्युनिस्टहरूलाई पत्तासाफ बनाउने बेला आएको बताए । केपी ओलीले यो दशमा कम्युनिस्ट शासन ल्याउन चाहन्छन् । ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधान उल्लंघन गरेर गतिविधि गरिरहेका छन् उनले भने ओलीले अधिनायकवाद ल्याउन न्यायापालिकालाई प्रहार गरेका छन् । प्रधानन्यायाधीशलाई कर्मचारीको पत्रले हटाइएको छ । ओलीका संविधान विपरितका कामको तरुण दलले विरोध गर्नेछ बस्नेतले भने ‘कम्युनिस्ट सरकारले लोकतन्त्रका पक्षमा आएका आवाजहरूलाई कुचल्न लागेको छ । आज हामी कम्युनिस्टहरूसँग लड्नु परेको छ उनले भने, ‘कांग्रेसले संसदमा पेलेर लगेको छ । चुनौतीका दिन भैसकेका छन् । अध्यक्ष बस्नेतले भने  अधिनायकवादका विरुद्ध लड्न र यो देशमा प्रजातन्त्र पुनःस्थापना गर्नका लागि गोली खाने अवस्था आउने समय आउन सक्छ । टाउको फुट्न सक्ने अवस्था आउन सक्ला । प्रजातन्त्रका लागि लड्नुपर्ने बेला भैसकेको छ । सदन र सडक आन्दोलन गर्नुपर्ने भएको छ । समय आइसकेको छ । सडक तताउने दिन आइसक्यो । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले संसदमा कांग्रेसलाई कम्युनिस्टहरूले पेलेर चिकित्सा विधेयक पारित गरेको भन्दै शुक्रबारको दिन कालोदिनको रुपमा गनिने बताए । उनले कांग्रेसले गरेको घेराउलाई छलेर चिकित्सा विधेयक पारित गरिएको बताए ।
कम्युनिस्टहरूले अब सहमतिको राजनीति छाडिसकेका छन् । कम्युनिस्टहरूसँग सहममति गर्न कांग्रेसलाई आवश्यक छैन’, उनले भने, ‘यो कम्युनिस्टलाई सडकबाट फाल्न कांग्रेस तयार छ । सफल पनि हुन्छ । प्रदेशस्तीय विरोध र्‍याली र विरोध सभा गर्दै आएको तरुण दलले बुटवलमा भव्य कार्यक्रम गरेको छ । माघ ८ गतेदेखि शुरु भएको तरुण दलले विरोध र्‍याली र विरोध सभा विराटनगर जनकपुर हेटौँडा पोखरा हुँदै बुवटलमा पाँचौँ विरोध प्रदर्शन भएको छ । तरुण दलले अब कर्णाली प्रदेशको राजधानी आइतबार वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार अन्तिम विरोध र्‍याली र विरोध सभा हुनेछ ।