मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

प्रकाशित मिति:

जनकपुरधाम । मोटरसाइकल चोरी गर्ने ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । मोटरसाइकल चोरी गर्ने तीनजना भारतीय नागरिक बाराबाट पक्राउ परेका हुन् ।बारा जिल्लाको कलैया उप–महानगरपिलका १ मा पार्किङ गरी राखेको बा ५९ प ८७०९ नम्बरको सुपर स्पलेन्डर मोटरसाइकल चोरी गरी भारततर्फ भाग्दै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण थाना दारपा ग्राम पिपराका राम नरेशप्रसाद कुशवाहा, एस र टी नाम गरेका पक्राउ परेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।