आइतबार नेविसंघको विषयमा निर्णय हुदैं, विघटन हुने सम्भावना

प्रकाशित मिति:

काठमाडौं । आईबार नेविसंघको विषयमा निर्णय हुने भएको छ । दुई पटक कार्यकाल थपिएको नेपाल विद्यार्थी संघलाई माउ पार्टी नेपाली कांग्रेसले भोलिदेखि भंग गर्ने वा अहिले भएको समितिको समय थप गर्ने भन्ने निणय गर्ने भएको हो । म्याद थपिएको अवधिमा १२औँ महाधिवेशन हुन नसके पछि नेवि संघ विघटन हुने सम्भावना भने चुलिएको छ । भदौ दुईमा कार्यकाल सकिएको वर्तमान कार्यसमितिलाई दुई पटक गरी पाँच महिना अवधि थपिएको थियो।

थपिएको अवधिमा १२औँ महाधिवेशन हुन नसकेपछि संघलाई विघटन गर्ने वा तदर्थ समितिको गठन गर्ने भन्ने निर्णय पार्टी गर्ने लागेको हो । आइतबार बस्ने केन्द्रीय समिति बैठकले संघलाई तदर्थ समिति गठनको बाटो खुला गर्ने नेवि संघ केन्द्रीय सदस्य रत्नहरि ढुङ्गेलले बताउनु भयो ।

यसैबीच, वर्तमान सरकार प्रति रुष्ट बनेको कांग्रेसले आफ्ना भातृ संगठनलाई सडक आन्दोलनका लागि उतार्ने भएको छ । बैठकले पार्टीले गर्ने विरोधका कार्यक्रम पनि सार्वजनिक गर्ने बताइएको छ । केन्द्रीय सदस्यहरु बुथबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्ने र आरक्षणको व्यवस्था एक पटक मात्रै लागू हुनुपर्ने जिल्ला सभापतिहरुको प्रस्तावको विषयमा पनि छलफल हुनेछ ।