दुर्घटनामा मृत्यु भएका एसपीको पशुपतिमा अन्तिम संस्कार गरियो

प्रकाशित मिति:

शनिबार साँझ दुर्घटनामा परी निधन भएका सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक ९एसपी बलराम पोखरेलको आज अन्त्येष्टि गरिएको छ ।एसपी पोखरलेको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महारीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए ।अन्त्येष्टिका क्रममा स्व। पोखरेलप्रति सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।स्व। पोखरेलको शव शनिबार राति नै राजधानी ल्याइएपनि श्रद्धाञ्जलिका लागि पोखरेलको शव ढुङ्गेधारास्थित निवासमा राखिएको थियो ।

उनका छोरा अस्ट्रेलियामा रहेका र शनिबार साँझ मात्र नेपाल आइपुगेपछि अन्तिम संस्कार गरिएको प्रवक्ता श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।आजै बिहान गृहमन्त्री रामबहादुर थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत उच्च प्रहरी अधिकारीले निवासमै पुगेर स्व। पोखरेलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी भएर फर्कने क्रममा शनिबार राति प्रहरी उपरीक्षक पोखरेल चढेको जिप दुर्घटनामा परेको थियो ।उक्त दुर्घटनामा परी बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसमेत घाइते भएका थिए ।