अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते च्याम्पियनसिपमा स्याङ्जा आँधिखोलाका दिपेन्द्र क्षेत्री भए प्रथम ।
काठमाडौ- अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते च्याम्पियनसिपको प्रथम स्थान स्याङ्जा अाधिखोलाका दिपेन्द्र क्षेत्रीले हासिल गरेका छन । गत हप्ता प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार भारत गएको थियोे । जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । पुरुष ५० केजीमा स्याङ्जा अाधिखोलाका दिपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार, ६५ केजीमा विकास गुरुङ, खुलामा सनीसिंह सुनुवार तथा कातामा सुनील नगरकोटीले प्रतिस्पर्धा गरेका थिए । महिला ५० केजीमा शान्ति थापा मगर तथा खुलामा मञ्जु विक सहभागी भएका थिए ।
जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । पुरुष ५० केजीमा स्याङ्जा अाधिखोलाका २ का दिपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार, ६५ केजीमा विकास गुरुङ, खुलामा सनीसिंह सुनुवार तथा कातामा सुनील नगरकोटीले प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षकमा आईएफकेकेका ब्रान्च चिफ प्रेम लामा र रेवतीप्रसाद सापकोटा तथा व्यवस्थापकमा विनोद पराजुली र अशोकजंग सहभागी थिए ।










