चिनियाँ उपप्रधानमन्त्री लिउ ह नेतृत्वको प्रतिनिधिमण्डल वाशिंगटन डीसीमा पुगेका छन् । उच्चस्तरीय आर्थिक तथा व्यापार वार्ताका लागि एक प्रतिनिधि मण्डल सोमवार त्यहाँ पुगेको चिनियाँ सरकारी समाचार संस्थाले मंगलवार बताएको हो ।
टोलीमा चिनियाँ केन्द्रीय बैंकका गभर्नर यी काङका साथै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, उप अर्थमन्त्री लगायतका उच्च अधिकारीहरु रहेको बताइएको छ । समाचारमा वार्ताका एजेन्डाहरुबारे भने विस्तारमा भनिएको छैन ।वार्ता शुरु हुन लागेकै समयमा अमेरिकाले चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेई विरुद्ध झण्डै २ दर्जन मुद्दा हालेपछि व्यापार वार्ता भड्किने चिन्ता बढेको छ ।












