काठमाडौँ । नवनियुक्त चिनियाँ राजदुत र गृहमन्त्री राम बहादुर थापा बादलबीच भेटवार्ता भएको छ। नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेटेकी हुन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा गृहमन्त्री थापाले राजदूत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे । उनले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरे ।भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल चिन सम्बन्ध थप उचाइमा पुर्याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले नेपालले चिन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वाँस व्यक्त गरिन्।
नेपालको सामाजिक र आर्थिक विकासका लागि चिन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजानेमा उनले प्रतिवद्धता जनाइन्। भेटमा राजदूत यान्छीले गृहमन्त्री थापालाई चीन भ्रमणको समेत निमन्त्रणा दिएकी छिन्।












