“इमान्दारिताको लगाब भए सम्बृद्ध राष्ट्रको युगिन आरम्भ हुन्छ” वातावरण मन्त्री गिरि।।

प्रकाशित मिति:

रुपन्देही / रुपन्देहीको कञ्चनगाउँपालिकामा आज देखि दोस्रो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रानिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै उधोग, वन तथा वातावरण मन्त्री लिला गिरिले खेलकुद शारिरिक मानसिकरुपले मानिसलाई स्वास्थ्य राख्न तथा खेलले ब्याक्ति, परिवार, समाज र राष्ट्रको प्रतिष्ठाकै विषय भएकोले यसको समयक्रम अनुसार विकास गर्न जरुरी रहेको बताउनु भयो । खेलकुदको विषयमा सहि निति बनाउनु पर्ने अवाश्यकता भएकोले स्थानिय, प्रदेश र केन्द्र सरकार तिन ओटै तहले योजनाबद्ध तरिकाले यसको विकास गर्न जरुरी रहेको बताउनु भयो । नेपालीहरु विर गोर्खाली भनेर विश्व सामु परिचित भएकाछन्, भगवान गौतम बुद्धको देश, विश्वको अग्लो हिमाल सगरमाथाको देश भनेर नेपाल चिनिन्छ र अब खेलका सबै विधामा विकास गरि नेपाली खेलाडीलाई उत्कृष्ठा बनाउनु पर्ने जरुरी रहेको र खेलको माध्यम बाट पनि नेपालीहरुलाई विश्व सामु परिचित गराउनु पर्ने बताउनु भयो ।

मुलकको रक्षा र समृद्धिका लागि समयको माग अनुसार बालबलिकाहरुलाई उचित, नैतिक शिक्षा, अनुशासनको शिक्षा संग संगै प्राविधिक शिक्षा दिनु पर्ने आवश्कता रहेको बताउदै मन्त्री गीरिले देशलाई अनिर्णयको बन्दि बनाउन नहुने, याथास्थितिमा बस्ने समय नभएको, देश निर्माण गर्न भनि जिम्मा लिएकाहरु नागरिक प्रति उत्तरदायी हुनु पर्ने र सिङ्गो मुलुकको प्रगतिका लागि लाग्नु पर्ने समय आएको बताउनु भयो । प्रदेश ५ का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले राष्ट्रको प्रतिष्ठा खेलकुद भएकोले यसको विकास गरिने बताउनु भयो ।
कञ्चनगाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले खेलकुदको विकासका लागि गाउँपालिकामा प्रशिक्षण तथा मैदानको ब्यवास्थका लागि अगामी बजेटमा विनियोजन गरि खेल क्षेत्रको विकास गरिने बताउनु भयो ।

स्थानिय स्तरको खेलाडी उत्पादान गर्न यस प्रकारको खेलले धरै मद्दत पुग्ने भएकोले अगामी वर्षहरुमा कंचन गाउपालिकामा यस प्रकारको खेललाई निरान्तरता दिइने उपाध्यक्ष गोमा तरामु मगरले बताउनु भयो ।
खेल सप्तह कार्यक्रममा कञ्चनगाउपालिकाका १९ वटा सरकारी तथा ११ वटा निजि विद्यालय विच ७४ बढि खेलहरु सञ्चालन गरिने प्रमुख प्रसशाकिय अधिकृत कृष्ण पन्थीले जानकारी दिनुभयो । प्रतियोगता माघ २० गते सम्म चल्ने छ । सथै आजै उद्घाटन खेलमा खुल्ला रनिङ प्रतियोगिता सम्पन्न भएको छ ।