काठमाडौं \ फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय रगंशालाको आज घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । रगंशालाका लागि भरतपुर महानगरपालिकाले २० बिगाहा ६ कठ्ठा जग्गा फाउण्डेशनलाई उपलब्ध गराउने सहमति भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय रगंशाला नाम दिईएको प्रस्तावित रगंशाला निर्माण थालिएको साढे २ वर्षमा सम्पन्न हुने फाउण्डेशनको दाबी छ ।










