कांग्रेसको गम्भीर आरोपमा सभामुखको हाँसीमजाक !

प्रकाशित मिति:

काठमाडौं – प्रमुख विपक्षी कांग्रेसले सभामुख कृष्णबहादुर महरामा सभाको अनुहार बन्न नसकेको गम्भीर आरोप लगाएको छ । चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सभामुखले अधिक शक्ति प्रयोग गरेको उसको आरोप छ ।

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सभामुखको भूमिकामथि प्रश्न उठाए । सभामुखले सबैको हुन्छु भन्ने आस्वस्त पार्नुपर्ने उनको माग थियो ।तर, सभामुख महराले भने विरोधमा उभिएका कांग्रेस सांसदहरुसँग हाँसीमजाक गरे ।