कांग्रेसको गम्भीर आरोपमा सभामुखको हाँसीमजाक !

प्रकाशित मिति:

काठमाडौं – लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा बृहत प्रदर्शन गरेका छन ।

प्रदर्शन केसीको मागमा ऐक्यबद्धता सहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्धामा केन्द्रित रहेको छ ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदर्शनमा लोकतन्त्रवादी सबै पेशागत संघ संगठनको सहभागीता रहेको जानकारी दिए ।  प्रदर्शनको नेतृत्व प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंघ केसीले गरेका छन ।

प्रदर्शनमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्सका अध्यक्ष लक्ष्मण केसी, प्रेस युनियन महासचिव शिवाकोटी, डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष योगेन्द्र अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, डेमोक्रेटिक एग्रिकल्चर एसोसियसनका अध्यक्ष सुर्य पौडेल, त्रिवी प्रजातन्त्रवादी  कर्मचारी संघका अध्यक्ष भोला सिग्देल, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना सहितका हजारौ बुद्धिजीविहरु सहभागी छन ।