सवै पक्षलाई समेटेर लैजान्छु : मुनिन्द्र नेम्वाङ्ग महासचीव नेपाली जनसम्पर्क समीती अमेरीका

प्रकाशित मिति:

अमेरीका \ नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समीती अमेरीकाका महासचीव मुनिन्द्र नेम्वाङ्गले आगामी दिनमा अमेरीकामा रहेका नेपाली कांग्रेसका सवै पक्षका साथीहरुलाई समेटेर अगाडी वढ्ने वताउनु भएको छ । सबलपोष्ट संगको एक भेटघाटमा नेम्वाङ्गले जनसम्पर्कका केही साथीहरुको असन्तुष्टी छ त्यो असन्तुष्टीको भावानालाई सम्वोधन गर्न आफु सदैव तयार रहेको वताउनु भएको छ । उहांले नेपाली जनसम्पर्क समीती अमेरीका नेपाली कांग्रेसमा आस्था राख्ने सवै प्रजातन्त्रवादीहरुको साझा संस्था हो । नेपाली काग्रेस प्रजातान्त्रीक पार्टी हो प्रजातन्त्रमा गुट उपगुट र असन्तुष्टी स्वाभावीक हुन्छ ।  हामी त्यसलाई विचार समुह भन्छौ त्यसैले जनसम्पर्क समीतीमा पनी विभिन्न समुहहरु छन् हामीले त्यसलाई स्वभावीक रुपमा लीनु पर्छ ।  अव मैले सवै समुहलाई एक ठाउंमा ल्याएर वलीयो कांग्रेस निमार्ण गर्ने विचार वनाएको छु । डा सुरेन्द्र राज देवकोटा , मीङ्गमार सेर्पा, विष्णु सुवेदी ,वेद प्रसाद खरेल ,हरीहर दाहाल , मृदुला कोईराला ,सोमनाथ घीमीरे ,डा अजुन वन्जाडे धनन्जयनरसींह केसी जस्ता अग्रज र निष्ठावान कृयाशील साथीहरु संग सल्लाह गरेर म अगाडी वढ्न चाहन्छु । सवैसाथीहरुको साथ सहयोग र समर्थनमा म अध्यक्ष का लागी अगाडी आउने योजना वनाएको छु । सवै साथीहरुले मलाई विश्वास गर्नु भयो भने नेपाली जनसम्पर्क समीती अमेरीकाको अध्यक्षको नेतृत्व गरेर वलीयो र साझा कांग्रेस वनाउने विचार गरेको छु । साथीहरुको विश्वास संगै आशा पनी गरेको छु । उहांले भन्नु भयो नेपालमा जसरी दुईतिहाईको कम्युनीष्ट सरकारले विपक्षलाई पेलेरै जाने रणनीती वनाएको त्यसको विरोधमा अमेरेकामा पनी हामी विरोधका गतीविधि गर्ने छौ । त्यस्तै उहांले भन्नु भयो एनआरएन को भावि निर्वाचनमा प्रजातन्त्रवादीहरुलाई एकतावद्ध हुन आवाहन गर्नु भएको छ ।