बुटवल / प्रथम कन्चन स्नूकर टुर्नामेन्ट २०७५ को उपाधि सन्देश थापाले जितेका छन् । गेन्जी स्नूकर हाउसको आयोजनामा माघ १६देखि १८ गतेसम्म चलेको प्रतियोगितामा १८ जना खेलाडीलाई पछि पार्दै थापाले उपाधि जितेका हुन् । रुपन्देहीको कन्चन गाउपालिका रुद्रपुर थकालीचोकमा सम्पन्न प्रतियोगितामा प्रदीप पुन उपविजेता बनेका छन् ।
विजयी खेलाडीहरुलाई आयोजक एवं रुपन्देही पूल तथा स्नूकर संघका कार्यसमिति सदस्य हिमाल थापाले प्रमाणपत्र र नगद राशी प्रदान गरे । स्नूकर खेलको विकास, खेललाई मर्यादित र व्यवस्थित गर्दै नयां खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।










