पोर्तुगलको राजधानी लिस्बोनको सुप्रसिद्ध कोलम्बो सपिङ् सेन्टरमा आज शनिवार दिउसो १२स्०१ बजे आगो लागेको छ। आगलागीको पहिलो खबर सापादोरेस बरुण केन्द्रले पाएको बुझिएको छ।आगलागीमा अहिलेसम्म कोही पनि घाइते नभएको पनि बारुण अधिकारीहरुले बताएका छन्।कोलम्बोमा आगो लागेको खबर पाउने बित्तिकै घटनास्थलमा पुगेको सापादोरेस बारुण केन्द्रको टिमले १२स्४१ मा आगो निभाउन सफल भएको थियो। आगलागीले सपिङ् सेन्टरमा कुनै पनि क्षति पनि नभएको खबर छ।
अग्निनियन्त्रण गर्न लिस्बोन बारुण केन्द्रका २७ टोली खटिएका थिए। कोलम्बो सपिङ् मलको रेस्टुरेन्टमा भएको आगलागीबाट धुवाको मुस्लो मात्रै निस्किएको र यसले मलमा कुनै पनि किसिमको क्षति नभएको न्युज एजेन्सी लुसाले उल्लेख गरेको छ।












