पोखरा महानगरको गाडी जलाउने नेविसंघका कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

कास्की प्रहरीले पोखरा महानगरपालिकाको गाडी जलाउने कार्यमा संलग्न ५ व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ परेका ५ जना नै नेविसंघका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराल रहेका कास्कीका प्रहरी प्रमुख एसपी ओम राना बताए। उनीहरूलाई पोखरा लेकसाइड बाराही गल्लीबाट पक्राउ गरिएको उनले बताए।उनीहरूले आज दिउँसो गुडिरहेको पोखरा महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगो लगाएका थिए।आगलागीबाट गाडी पूर्णरूपमा क्षति भएको छ।