मकवानपुर/ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका ४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुली पिपलमाडी गाउँपालिका घण्टेका ४५ वर्षीय हेम श्रेष्ठ र अन्य दुई राई समुदायको पुरुष रहेको छन् ।
श्रेष्ठको घटनास्थलमै र अन्यको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको फापरवारी प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ४ घाइते भएका छन् ।












