श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा अष्ट्रेलियाले ५१६ रनको लक्ष्य दिएको छ ।पहिलो टेस्ट ४० रनले आफ्नो पक्षमा पारेको अष्ट्रेलियाले दोस्रो टेस्टको तेस्रो दिन १९६ रन बनाउँदै पारि समाप्तिको घोषणा गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले ५ विकेट गुमाएर ५३४ रन बनाउँदै पारि समाप्त गरेको थियो । श्रीलंकाले पहिलो पारिमा जम्मा २१५ रन बनाएको थियो ।
पहिलो पारिबाट ३१९ रनको अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो पारिमा ३ विकेट गुमाएर १९६ रन बनाउँदै श्रीलंकालाई ५१६ रनको विशाल लक्ष्य दिएको हो । अष्ट्रेलियाका उस्मान ख्वाजा १०१ तथा ट्राभिस हेड ५९ रनमा नट आउट रहे ।
आजै दोस्रो पारि सुरु गरेको श्रीलंकाले तेस्रो दिनको खेल सकिँदा १७ रन बनाएको छ । दिमुथ करुनारत्ने र लहेरु थिरमाने दुवै ८–८ रन बनाएर क्रिजमा रहेका छन् । अब श्रीलंकालाई खेल जित्न ४९९ रन आवश्यक छ भने उसका १० विकेट नै सुरक्षित रहेको छ ।पहिलो टेस्ट अष्ट्रेलियाले जितिसकेकाले यो टेस्टमा श्रीलंका विजयी भए सिरिज बराबरीमा टुंगिने छ ।










